पिक-अप ‘हन्टर’को प्रि-लन्च हुँदै



काठमाडौं । चीनको अटोमोबाइल ब्राण्डले प्रिमियम पिक–अप ‘हन्टर’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । हन्टरको प्रि–लन्चको अभियानसंगै जनवरी २०२२ सम्म यसको लन्चको योजना गर्ने भएको छ ।

हन्टरमा १.९ टर्बोचार्ज इन्जिन छ रहेको छ । जसमा १९१० सीसीको डीसप्लेसमेन्ट रहेको छ । यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ। हन्टरको ३९१० एमएमको व्हील बेस रहेको छ र २३० एम एम ग्राउन्ड क्लियरेन्ससहित आउँदछ । यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुन सक्ने सबै प्रकारको क्षतिबाट गाडीलाई बचाउन सक्छ ।

हन्टरमा पुष इन्जीन स्टार्ट बटन जडान गरिएको छ । अझ सुविधा युक्त बनाउन हन्टरमा क्रूज कन्ट्रोल सुबिधा रखिएको छ । क्रूज कन्ट्रोलले बाटोको अवस्था अनुसार मिल्दो स्पीड, सुनिश्चि गर्न मदत गर्दछ ।

हन्टर ६–स्पीड अटोमेटिक गेयर ट्रान्स्मिसन्को साथमा आउने गर्दछ । जसले आँफै नै रोड को कन्डीसन अनुसार गेअर बदल्न मदत गर्दछ । हन्टरले चालक र सहचालकलाई विशेष ध्यानमा राखी आरामदायी पावर अस्सिसटेड सीट प्रदान गरेको छ ।


क्लिकमान्डु