भारतमा फूल चार्जमा २०० किमी गुड्ने विद्युतीय स्कुटर सार्वजनिक, नेपाल कहिले आइपुग्छ ?



काठमाडौं । भारतको नोयाडामा हालै सम्पन्न भएको इलेक्ट्रिक एक्सपो २०२१ मा २ सय किलोमिटर माइलेज दिने एउटा स्कुटरको सार्वजनिक भएको छ । यो एक्सपोमा धेरै कम्पनीले सहभागीता जनाएका थिए । त्यसै क्रममा ओकया कम्पनीले ओकाया स्कुटर प्रर्दशन गरेको थियो ।

यो स्कुटरमा ४/४ किलोवाट लिथिएम आयन ब्याट्री छ । यसमा रहेको ब्याट्रीले फुल चार्ज सडकको अवस्था तथा चालक अनुसार २०० किलोमिटरसम्म यसको रेन्ज पुग्ने कम्पनीले दावी गरेको छ ।

यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्न ४ घन्टासम्मको समय लाग्ने पनि कम्पनीले बताएको छ । यसमा एल एलइडी लाइट दिएको छ भने कम्वाइन्ड ब्रेकिङ सिस्टम रहेको छ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डबल सक सस्पेन्सन यूनिट दिइएको छ ।

कम्पनीका अनुसार भारतमा जनवरीको अन्तिम सातादेखि यसको डेलिभरी शुरु हुने पनि कम्पनीले बताएको छ । यो ओकया कम्पनीले भारतमा ब्याट्री उत्पादक गरिरहेको छ । कम्पनीले हाल निर्माण गरको नयाँ फास्ट–एफ४ इलेक्ट्रिक स्कुटर एक्सपोमा प्रदर्शन गरेको हो ।

कम्पनीले हाल प्रर्दशन गरेको ओकाया फास्ट स्कुटरको आधिकारिक बुकिङ भारतमा शुुरु भएको कम्पनीले जनाएको छ । ओकाया फास्ट स्कुटरको मूल्य भारतमा ८९ हजार ९ सय ९९ भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।

ओकया स्कुटर नेपाली बजारमा भने यो वर्षको मध्यतिर उपलब्ध हुन सक्ने अटोमोबाइल व्यापारीहरुको भनाइ छ ।


क्लिकमान्डु