प्राइम बैंकका सीइओ मानन्धरको तलब २ करोडभन्दा बढी, ११.२८% ले बढ्यो



काठमाडौं । प्राइम बैंकका प्रमुख कार्यकारी अधिृकत (सीइओ)को तलब ११.२८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा बैंकका सीइओ नारायणदास मानन्धरले बैंकबाट २ करोड ६ लाख ८ हजार रुपैयाँ तलब भत्ता लिएका छन् ।

उनले बैंकबाट यो रकम तलब भत्ता सहित लिएका हुन् । उनले बैंकबाट तलब १ करोड ८० हजार, भत्ता ८१ लाख २० हजार, दशैै भत्ता १४ लाख, सञ्चय कोषमा १० लाख ८ हजार रुपैयाँ जम्मा भएको छ । उनले बैंकबाट गाडी, मोबाइल र इन्धन सुविधा लिने गरेकाछन् ।


क्लिकमान्डु