गत वर्ष शीर्ष १० धनी व्यक्तिले कमाए ४०२ बिलियन डलर, अग्रपंक्तिमा एलन मस्क



सन् २०२१ कोरोना महामारीका कारण कतिपयले सास्ती भोग्नु पर्यो भने कतिपयलाई कोरोना कहर अवसर पनि बन्यो । जसमा आइटी कम्पनी सबैभन्दा बढी मालामाल भएका छन् ।

विश्वका सबैभन्दा धनीको शीर्ष १० को सूचीमा रहेका व्यवसायीले आफ्नो सम्पत्तिमा थप ४०२ बिलियन डलर थप गरेका छन् । जसमा टेस्लाका सीइओ एलन मस्क सबैभन्दा अगाडि छन् ।

ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वका सबैभन्दा १० धनी व्यक्तिहरुको मात्रै नेटवर्थ सन् २०२२ सम्ममा १०० बिलियन डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ । जसमा हालसम्म एलन मस्क, बिल गेट्स र जेफ बजोसले यो आँकडा पार गरिसकेका छन् ।

गेट्स पहिलो पटक सन् १९९९ मा यो सफलता हासिल गर्ने पहिलो व्यक्ति थिए । जबकी बेजासले सने २०१७ मा मात्रै नेटवर्थ १०० बिलियनभन्दा बढी बनाउन सफल भएका थिए ।

१० जनामा सबैभन्दा अघि एलम मस्क छन् भने दोस्रो नम्बरमा जेफ बेजोस छन् । त्यसैगरी बर्नार्डं अर्नाल्ट, बिल गेट्स, लेरी पेज, मार्क जुकरबर्ग, सर्गेई ब्रिन, स्टीव बाल्मर,, लैरी एलिसन, वारेन बफेट छन् ।

कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा एकैसाथ लकडाउन लागू हुँदा आइटी कम्पनी त्यसमा पनि डेलिभरी गर्ने कम्पनीको व्यापार उल्लेख्य रुपमा बढेको थियो ।

नेपालमा पनि लकडाउनको समयमा स्थापना भएको इकमर्श प्लेटफर्म ग्यापुले पनि राम्रो व्यापार गर्न सफल भएको थियो भने अन्य अनलाइन प्लेटफर्म कम्पनीहरुले पनि राम्रो व्यापार गरेका थिए ।


क्लिकमान्डु