नागरिक लगानी कोष सहकारीको नयाँ रुप हो:अर्थमन्त्री



काठमाडौ । अर्थमन्त्री जर्नादन शर्माले नागरिक लगानी कोष सहकारीको नयाँ रुप भएको बताएका छन् ।

नागरिक लगानी कोषको नवनिर्मित भवनको उद्धघाट्न कार्यक्रममा बोल्दै नागरिक लगानी कोष जनताको कोष रहेको बताए ।

‘सहकारी साझा रुप हो । अर्को तरिकाले भन्दा सहकारीको नयाँ रुप पनि हो । सबैको सानो सानो लगानी पूँजीलाई लगानी गरेर एउटा कोष बनाएका छौँ,’ अर्थमन्त्री शर्माले भने,‘आफु मात्रै ठुलो भवनमा बस्छ कि ? लगानीको वातारणलाई र लगानीको मुनाफालाई पनि त्यही उचाईमा उठाउँछ र कोषमा लगानी गर्नेलाई पनि प्रतिफल दिन्छ भन्ने बेला आएको छ।’

कोषले त्यो खालको योजना बनाएर अघि बढ्ने कुरामा आफु विश्वस्त रहेको उनले बताए ।

उनले देश निमार्णमा पनि लगानीकर्तालाई प्रतिफल दिने कुरामा पनि योजनावद्ध रुपमा अगाडि बढ्न कोषलाई आग्रह गरे ।

विकासको लागि देशमा भएका सबै कोषलाई पूँजी निमार्णमा केन्द्रित गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले ३१ वर्षको लामो अन्तरालमा नयाँ भवन निर्माण गर्न सकेको बताए ।

हालसम्म कोषमा सात लाखले सहभागिता जनाएको जानकारी दिए ।

पूँजी बजार बिस्तारका लागि नागरिक स्टक डिलरको स्थापना गरिएको समेत उनले बताए ।

जसमा कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको १० प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ९ प्रतिशत ३० प्रतिशत लगानी सर्वसाधारणको रहने उनले जानकारी दिए ।


क्लिकमान्डु