रेमिट्यान्स पठाउने नेपाली कामदारलाई १०% आइपीओ छुट्याउनुपर्छः गोल्यान



काठमाडौं । सिबिफिनका अध्यक्ष पवन गोल्यानले विदेशमा रहेका नेपाली श्रमिकहरुका लागि १० प्रतिशत आइपीओ छुट्याउनु पर्ने माग गरेका छन् ।

शुक्रबार एक कार्यक्रममा बोल्दै गोल्यानले कुनै पनि कम्पनीले आइपीओ जारी गर्दा १० प्रतिशत विदेशमा रहेका नेपाली कामदारहरुका लागि छुट्याउनुपर्ने माग गरेका हुन् ।

उनले विदेशबाट वैधानिकरुपमा पठाएको पैसा आइपीओमा लगानी गर्ने नीति ल्याउन पनि सरकार समक्ष आग्रह गरेका छन् । यसो गर्ने हो भने विप्रेषण वैधानिकरुपमा आउने र अहिलेभन्दा बढी आउने उनको भनाइ छ ।


क्लिकमान्डु