नेपाल एयरलाइन्सको वाइडवडी र न्यारोवडी दुई विमानमा प्राविधिक समस्या



काठमाडौं । नेपाल एयरलाइन्सको बाइडवडी ए३३० विमान प्राविधिक समस्या देखिएको छ । काठमाडौं–नारितामा नियमित उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएको हो ।

नेपाल वायुसेवा निगमका अनुसार विमान चेक गर्दा इलेक्ट्रिकल क्याल्कुलेटर म्यानेजमेन्ट युनिट (इसीएमयू)मा समस्या देखिएको थियो । मर्मतका लागि श्रीलंकाबाट आवश्यक पार्टपुर्जा मगाएर मर्मत गरिएको थियो ।

त्यसैगरी निगमको न्यारोवडी ए३२० विमान काठमाडौं–दोहा नियमित उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएको थियो । जसमा दोहास्थिर कतार एयरवेजका इञ्जिनियरिहरुले परीक्षण गर्दा वाँयातर्फ इञ्जिनमा आन्तरिक खराबी देखिएको निगमको भनाइ छ ।

उक्त इन्जिनको उत्पादनकर्ता पीडब्ल्यू÷आइएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिँदा इञ्जिनलाई रिप्लेस गरी रिपेयर गर्न सुझाव दिए अनुसार हाल काम भइरहेको निगमको भनाइ छ ।


क्लिकमान्डु