ब्याजदर अध्ययन गर्न विभागले गठन गर्यो उप-समिति



काठमाडौं । सहकारी विभागले ब्याजदर अध्ययन गर्न उप–समिति गठन गरेको छ ।

सहकारी विभागका उप–रजिष्ट्रार टोकराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको ब्याज निर्धारण सुझाव उप-समिति’ गठन गरेको हो । विभागले बजारमा तरलताको चाप हुँदा ब्याजदर बढाउने र बढ्दा घटाउने गरी अध्ययन गर्नको लागि उप–समिति गठन गरेको विभागका रजिष्ट्रार झलकराम अधिकारीले बताए ।

उप-समितिमा नेपाल राष्ट्र बैंकको प्रतिनिधि, राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ), नेफ्स्कुनको सीइओ सदस्य रहेका छन् ।

यो समितिले महिनै पच्छिे बजारलाई अध्ययन गर्ने र त्यसको आधारमा सहकारीको ब्याजदरलाई समय सापेक्ष बनाउने अधिकारीको भनाई छ । यो भयो भने सहकारीको ब्याजदर बढी वा घटी भनेर भन्न नपर्ने अधिकारीको तर्क छ ।


क्लिकमान्डु