बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय,सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।


क्लिकमान्डु