कर्पोरेट क्लबले कर्पोरेट क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गर्ने



कर्पोरेट क्षेत्रमा भएका राम्रा गतिविधि प्रोत्साहन गर्न कर्पोरेट क्लब नेपालले सम्मान कार्यक्रम गर्ने भएको छ । कर्पोरट नेपालले व्यक्ति तथा संस्थालाई सम्मान गर्न अवार्डस् फर कर्पोरेट एक्सिलेनस (एसीई) र अवार्डस् फर डिस्ट्रिगुइस्ड सर्भिस (एडीएस) प्रदान गर्ने भएको छ ।

कर्पोरट नेपालले अवार्डस् फर कर्पोरेट एक्सिलेनसले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने छ भने अवार्डस् फर डिस्ट्रिगुइस्ड सर्भिसले समाजमा निस्वार्थ भावनाले सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने छ ।

यो अवार्ड आयोजना गर्नुको उद्देश्य कर्पोरेट नीति, कार्यक्रम र प्रफर्मेन्सको पहिचान गर्न र सामाजिक तथा व्यवसायीक उत्तरदायित्व र योगदानको पहिचान गर्नु रहेको आयोजनकले जनाएको छ ।

विगत एक वर्षदेखि यस कार्यक्रम तयारी गरेको कर्पोरेट नेपालले यही पुस २३ गने उक्त कार्यक्रम गर्दै छ । यो कार्यक्रमको लागि ५ महिना अगाडिदेखि नै समाजका बौद्धिक तथा विभिन्न निजी सरकारी र शैक्षिक क्षेत्रमा रहेर समाजलाई योगदान गरेका सात जनाको निर्णायक मण्डल गठन गरिएको छ ।


उक्त निर्णयल मण्डलले रामो प्रकृया अपनाएर इस्टिच्युसनल एक्सिलेन्सी क्याटेगोरीमा ११, इन्डिभिजुअल एक्सिलेन्सी क्याटेगोरीमा २, इन्स्टिच्युसनल डिस्टिङगुइस्ड क्याटेगोरमिा २, इन्डिभिजुअल डिस्टिङगुइस्ड क्याटेगोरीमा १ र इस्टिच्युसन बिल्डरमा केही गरी जम्मा १७ ओटा विधामा १९ ओटा अवार्ड प्रदान गरिदै छ ।

यस अवार्डको लागि विभिन्न व्यक्ति तथा संस्थाहरुको लागि जानकारी संकलनका लागि छुट्टै रिसर्च कम्पनीलाई आउटसोर्स गरिएको थियो । जसले सिधै निर्णायक मण्डललाई डाटा उपलब्ध गराएको थियो र त्यसपछि सो रिसर्च कम्पनीबाट प्राप्त इन्फरमेसनको लागि आधारमा निर्णायक मण्डलद्धारा डिजाइन गरिएको रेटिङ स्कुलमा सबै निर्णाक मण्डलले गरेका नम्बरिङको आधारमा बिजेता छानिने छ ।

कर्पोरेट नेपालले एचआर मिट, सेल्स समिट र नेसनल म्यानेजमेन्ट कन्क्लेभ जस्ता कार्यक्रम गरिसकेको छ ।


क्लिकमान्डु