पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनन्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सीइओ रेग्मीमाथि लागेका आरोप छानबिन गर्न बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । बोर्ड ऐनअनुसार छानबिन समिति गठन भएसँगै सिइओ रेग्मी स्वतः निलम्बन भएका थिए ।

आफू निलम्बन गैरकानूनी भएको भन्दै रेग्मी सर्वोच्च अदालत गएका थिए । बुधबार रेग्मीको रिटमाथि सुनुवाइ गर्दै दुवै पक्षलाई सर्वोच्चले माघ ३ गते छलफलका लागि कारणसहित बोलाएको छ ।


क्लिकमान्डु