हिउँले छपक्कै ढाक्यो चन्द्रागिरि डाँडा, पर्यटकको भिड (फाेटाे फिचर)



काठमाडौं । चन्द्रागिरि डाँडीमा यसवर्षको पहिलो पटक हिउँ परेको छ । हिउँ खेल्न हजारौंको संख्यामा आन्तरिक र बाह्य पर्यटकको भिड लागेको छ ।

चन्द्रागिरि हिल्सका प्रबन्ध निर्देशक अभिषेक गिरीका अनुसार दिउँसो २ बजेसम्म ५ हजार चन्द्रागिरि डाँडामा हिउँ खेल्न पुगिसकेका छन् भने दिनभरीमा १० हजारभन्दा बढी केवुलकार चढेर डाँडामा पुग्ने अनुमान गरेका छन् ।

हिउँमा खेल्न, फोटो खिच्न र रमाइलो गर्न जानेको भिड लागेको उनले बताए । गिरीका अनुसार यसपटक पछिल्लो ३÷४ वर्षयताकै बढी परेको र अझैं ३÷४ दिन रहने देखिएको छ ।

केबुलकार चढ्नका लागि लामो लाइन लागेको छ भने डाँडामा पनि भारतीय र बंगलादेशी पर्यटकको संख्या उल्लेख्य छ ।
गिरीका अनुसार डाँडामा पुग्नका लागि केवुलकार सबैभन्दा उपयुक्त विकल्प हो भने गाडी लिएर जान हिउँकै कारण समस्या नहुने बताए । आज बिहानैदेखि परेको हिउँ दिउँसोसम्म पनि निरन्तर परिरहेको छ ।


क्लिकमान्डु