इन्भेष्टमेन्ट बैंकका सीइओ पाण्डेको तलब ३ करोड भन्दा बढी



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिृकत (सीइओ)ज्योति पाण्डेले एक वर्षमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब भत्ता लिएका छन् ।

पाण्डले आर्थिक वर्ष २०७७-०७८ मा उक्त रकम तलब भत्ता लिएका हुन । बैंकको बार्षिक प्रतिवेदन अनुसार सिइओ पाण्डेले तलब बापत १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता बापत १ करोड ७ लाख १७ हजार, दशैं भत्ता बापत २२ लाख ३३ हजार रुपैयाँ लिएका छन् भने सञ्चय कोषमा १६ लाख ८ हजार रुपैयाँ जम्मा भएको छ ।

बैंकले संचालक समितिको अध्यक्षले बैठक भत्ताबापत प्रति बैठक १५ हजार रुपैयाँ लिएका छन् । जम्मा ३ लाख रुपैयाँ लिएका छन् । यस्तै मासिक ५० लिटर ईन्धन लिएका छन् । संचालक समितिको अन्य सदस्यहरुले पाएको बैठक भत्ता तथा अन्य सुविधाबापत बैठक भत्ता १२ हजार रुपैयाँका दरले २६ लाख ७२ हजार रुपैयाँ र मासिक प्रति संचालक ५० लिटर ईन्धन लिएका छन् ।


क्लिकमान्डु