प्रविणरमण पराजुलीले रिलायन्स लाइफ छाडे, नेपाल लाइफमा सीइओ हुने



C

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली बाहिरिएका छन् ।

नेपाल लाइफमा पराजुली सीइओ बन्ने भएका छन् । बीमा समितिको व्यवस्था अनुसार एउटा बीमा कम्पनीबाट सीइओ छाडेको ६ महिनासम्म सीइओ बन्न पाइदैन । तर,पराजुली नेपाल लाइफमा डेपुटी सीइओ बनेर ६ महिनापछि सीइओ बन्ने गरेर जान लागेका हुन् ।

बीमा समितिले ल्याएको निर्देशनको अपव्याख्या गर्दै नेपाल इन्स्यारेन्समा बिके महर्जन डेपुटी सीइओ बन्दै अहिले कामू सीइओ बनेका छन् । नेपाल लाइफमा सन्तोष प्रसाइले छाडेपछि सीइओ पद खाली छ ।

पराजुली रिलायन्स लाइफ स्थापना भएपछि संस्थापक सीइओ बनेका थिए । रिलायन्समा एक कार्यकाल सीइओ बन्न पाउने भएपनि पराजुली नेपाल लाइफमा जाने भएपछि कार्यकाल थपेनन् । रिलायन्सका उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीले पराजुलीलाई बिदाइ समेत गरिसकेका छन् ।

नेपाल लाइफले पराजुलीलाई डेपुटी सीइओमा नियुक्त भने गरेको छैन । यद्यपी सञ्चालक समितिले उनलाई डेपुटी सीइओ बनाउने समझदारी भने गरिसकेको छ ।

पराजुली बाहिरिएपछि रिलायन्सले कामू सीइओको जिम्मा डेपुटी सीइओ निराजन कंडेललाई दिएको छ ।


क्लिकमान्डु