एनबी बैंकको डेपुटी सीइओमा भुपेन्द्र पाण्डे नियुक्त



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई डेपुटी सीइओमा नियुक्त गरेको हो ।

चार्टर्ड एकाउन्टेन्स पाण्डेले राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका हुन् । वाणिज्य बैंकमा डेपुटी सीइओको रुपमा समेत काम गरेका पाण्डे अहिले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत छन् ।

बैंकिङ क्षेत्रको दुई दशकको अनुभव भएका पाण्डेले एनबी बैंकमा माघदेखि सीइओको जिम्मेवारी लिनेछन् । अहिलेका सीइओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल यही पुसमा सकिन लागेको छ ।


क्लिकमान्डु