स्वदेशी मुद्राको १८ अर्ब ऋण बढ्दा, विदेशी मुद्रामा १३ अर्बले घट्यो



काठमाडौं । पुस महिना लागेपछि बैंकमा निक्षेप नबढेर स्थिर भएपनि कर्जा भने १८ अर्बले बढेको छ । बैंकहरुको स्वदेशी मुद्रामा भएको निक्षेप स्थिर भएपछि विदेशी मुद्रामा हुने निक्षेप घटेको छ । विदेशी मुद्रामा जाने कर्जा समेत घटेको छ ।

मंसिर मसान्तसम्ममा वाणिज्य बैंकमा ४२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप थियो । जसमा स्वदेशी मुद्रा ४१ अर्ब २८ अर्ब तथा विदेशी मुद्रामा १ खर्ब ९ अर्ब थियो । ऋण भने भने ४० खर्ब ८५ रुपैयाँ पुगेको थियो ।

जसमा स्वदेशी मुद्रामा ३९ खर्ब ३५ अर्ब तथा विदेशी मुद्रामा १ खर्ब ४८ अर्ब थियो । पुस ९ सम्म आइपुग्दा बैंकहरुको कुल कर्जा ४० खर्ब ८८ अर्ब छ भने जसमा स्वदेशी मुद्रामा ३९ खर्ब ५३ अर्ब तथा विदेशी मुद्रामा १ खर्ब ३५ अर्ब ऋण रहेको छ ।


क्लिकमान्डु