जीवन बीमा कम्पनीले ५ महिनामा संकलन गरे १५ अर्ब प्रथम बीमाशुल्क, कुनको कति ?



काठमाडौँ । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ५ महिना (मंसिर) मसान्तसम्ममा १५ अर्ब ३४ करोड ५२ लाख ७५ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार मंसिर महिनामा मात्रै कम्पनीहरुले ३ अर्ब १३ करोड २२ लाख ३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

समितिको तथ्यांकअनुसार नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । नेपाल लाइफले पाँच महिना अवधिमा २ अर्ब ९८ करोड ५३ लाख ४९ हजार रुपैयाँको नयाँ व्यवसाय गरेको हो ।

नेपाल लाइफपछि नेशनल लाइफले १ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सिटिजन्स लाइफले १ अर्ब ५ करोड ३० लाख ९८ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको मंसिर मसान्तसम्मा युनियन लाइफ इन्स्योरेन्सले ९८ करोड ७५ लाख, एलआईसीले ९३ करोड ३८ लाख, रिलायबल नेपाल लाइफले ८४ करोड ८१ लाख, एशियन लाइफले ७६ करोड ६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् ।

समितिद्धरा उपलब्ध तथ्यांकअनुसार सूर्या लाइफ ७३ करोड ५ लाख ९८ हजार, मेट लाइफले ६४ करोड १ लाख, ज्योति लाइफले ६० करोड ५८ लाख, प्राइम लाइफले ५६ करोड ४३ लाख र आईएमई लाइफले ५३ करोड २६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

रिलायन्स, प्रभु, राष्ट्रिय बीमा संस्थान, सानिमा लाइफ, सन नेपाल, महालक्ष्मी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पाँच महिनको अवधिमा ५० करोड रुपैयाँ भन्दा कम रुपैयाँको नयाँ व्यसाय गरेका छन् ।

रिलायन्स लाइफले ४९ करोड २३ लाख, प्रभु लाइफले ४९ करोड ११ लाख, राष्ट्रिय बीमा संस्थानले ४९ करोड ४ लाख र सानिमा लाइफले ४७ करोड ६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छन् ।

सन् नेपाल लाइफले ३५ करोड ३८ लाख रुपैयाँ, महालक्ष्मी लाइफले २८ करोड ९७ लाख र गुराँस लाइफले सबैभन्दा कम २७ करोड ८७ लाख रुपैयाँ मात्र प्रथम बीमाशुल्क संकलन गरेको छ ।


क्लिकमान्डु