३०% जनसंख्यामा पुग्यो बीमा पहुँच, एक वर्षमा ५.२६% बिन्दुले बढ्यो



काठमाडौँ । ३० प्रतिशतमा बीमाको पहुँच पुगेको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको पाँच महिनाको तथ्यांकलाई हेर्दा वैदेशिक रोजगार(म्यादी) सहित बीमाको पहुँच ३० प्रतिशतमा पुगेको हो ।

एक वर्षमा बीमाको पहुँच ५.२६ प्रतिशत बिन्दुले बढेको हो । गत आवको मंसिर मसान्तसम्ममा वैदेशिक रोजगार(म्यादी) सहित बीमाको दायरामा आएको जनसंख्या २४.७४ प्रतिशत थियो ।

बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांकअनुसार वैदेशिक रोजगार(म्यादी बीमा) बाहेक २८.०१ प्रतिशतमा बीमा विस्तार भएको छ ।

गत आवको पाँच महिनाको अवधिमा वैदेशिक रोजगार(म्यादी बीमा) बाहेक २२.१४ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।
चालु आवको साउनसम्ममा बैदेशिक रोगजार(म्यादी बीमा) सहित २६.८९ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको थियो । म्यादी बीमा बाहेक २४.९९ प्रतिशतमा बीमाको पहुँच विस्तार भएको थियो ।

यस्तै, म्यादी बीमा सहित बीमाको पहुँच भदौ महिनामा २७.५२ प्रतिशत, असोज महिनासम्ममा २८.१५ प्रतिशत पुगेको थियो । कार्तिक महिनासम्ममा २९.६८ प्रतिशतमा बीमाकको पहुँच पुगेको थियो ।

जीवन बीमालेख २८ प्रतिशतले बढ्यो, म्यादी बीमा २२ प्रतिशतले घट्यो


चालु आवको पाँच महिनको अवधिमा ९० लाख ९ हजार १५३ वटा बीमाले जारी भएका छन् । गत आवको यसै अवधिको तुलनमा यो २८ प्रतिशतले बढी हो ।

गत आवको पाँच महिनाको अवधिमा ७० लाख ३८ हजार १८१ वटा जीवन बीमालेख जारी भएका थिए ।

यस अवधिमा वैदेशिक रोजगार (म्यादी बीमा) भने घटेको छ । गत आवको तुलनमा वैदेशिक रोजगार बीमाले २२.२७ प्रतिशतले घटेको हो ।

चालु आवको पाँच महिनाको अवधिमा ६ लाख १० हजार २९४ वटा वैदेशिक रोजगार बीमालेख जारी भएका छन् । गत आवको यसै अवधिमा ७ लाख ८५ हजार १३८ वटा वैदेशिक रोजगार बीमालेख जारी भएका थिए ।

यस्तै, बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनासम्ममा निर्जीवन बीमालेखको संख्या ३.१५ प्रतिशतले बढेको छ ।
यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल १२ लाख ४८ हजार १९२ वटा बीमालेख जारी गरेका छन् ।

गत आवको यसै अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १२ लाख १० हजार ८३ वटा कुल बीमालेख जारी गरेका थिए ।

कुल बीमाशुल्क १९ प्रतिशतले बढ्यो


समितिद्धारा उपलब्ध तथ्यांकअनुसार चालु आवको पाँच महिनाको अवधिमा बीमा व्यवसाय १८.८७ प्रतिशतले बढेको छ ।
यस अवधिमा ७३ अर्ब २२ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ ।

जीवन बीमा कम्पनीले ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ बीमाशुल्शुल्क संकलन गरेका छन् ।

गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ११ करोड गरी कुल ६१ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

समितिको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क १६.७८ प्रतिशतले र निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २७.३९ प्रतिशतले बढेको छ ।

९१९ वटा कार्यालय थप

एक वर्षमा बीमा कम्पनीहरुको ९१९ वटा शाखा कार्यालय थप भएका छन् । चालु आवको मंसिर महिनासम्ममा बीमा कम्पनीको कार्यालय संख्या ३ हजार ७५४ वटा रहेका छन् ।

गत आवको यसै अवधिमा बीमा कम्पनीका कार्यालय संख्या २ हजार ८३५ वटा मात्रै थिए ।

यस्तै, चालु आवको मंसिर महिनासम्ममा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १० हजार ९४७ रहेको छ ।

गत आवको मंसिर मसान्तसम्मा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १० हजार ३९७ रहेको थियो ।


क्लिकमान्डु