सिटिजन्स बैंकद्धारा अमेरिकी डलरको बिक्री सुरु
काठमाडौं । सिटिजन्स बैंकले अमेरिकी डलरको बिक्री सुरु गरेको छ ।
हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो ।
विभिन्न प्रयोजनका लागी विदेश जानुपर्र्ने गा्रहक महानुभावहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ ।
यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग , कुमारीपाटी , बौद्ध , कोटेश्वर,कुलेश्वर ,ठिमी, कमलादी ,न्यूरोड, डिल्लीबजार, नयाँबजार,भंैसेपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।
सिटिजन्स बैंकले अहिले १७४ शाखा मार्फत बैंकिङ सेवा दिएको छ ।