स्वास्थ्य बीमामा १० अर्ब प्रिमियम संकलन, १ नम्बर प्रदेशको योगदान बढी



काठमाडौँ । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा १० अर्ब प्रिमियम संकलन भएको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार कार्यक्रम सुरु भएदेखि हालसम्म १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ रकम संकलन भएको हो ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य उपचारको दायरामा ल्याउन भन्दै स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको थियो । योगदानमा आधारित कार्यक्रम भएकाले उक्त कार्यक्रममा सहभागीता जनाउनका लागि सर्वसाधारणले भने केही रकम योगदान गर्नुपर्ने व्वस्था छ ।

कार्यक्रम विस्तार भएको समयदेखि हालसम्म १० अर्ब रुपैयाँ प्रिमियम संकलन भएको बोर्डको तथ्यांकले देखाएको छ । यस अवधिसम्मा सबैभन्दा धेरै योगदान प्रदेश १ को छ । कार्यक्रममा सहभागीहरुको संख्या पनि यसै प्रदेशबाट बढी भएका कारणले प्रिमियम संकलनमा पनि प्रदेश एक कै हिस्सा बढी छ ।
स्वास्थ्य बीमामा संकलन भएको कुल प्रिमियममा प्रदेश एकको योगदान बढी छ । प्रदेश एकबाट ३ अर्ब १० करोड ६१ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ ।

बाग्मती प्रदेशबाट एक अर्ब ८८ करोड, लुम्बिनी प्रदेशबाट एक लाख ७० करोड रुपैयाँ र गण्डकी प्रदेशबाट एक अर्ब ४८ करोड रुपैयाँ संक्लन भएको छ ।
यस्तै, सुदुर पश्चिम प्रदेशबाट प्रदेश २ बाट ६० करोड ३२ लाख रुपैयाँ संकलन भएको छ । भने सबैभन्दा थोरै योगदान कर्णाली प्रदेशको छ । यस प्रदेशबाट कुल ४८ करोड ८१ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन भएको छ ।

बोर्डको तथ्यांकअनुसार हालसम्म यस कार्यक्रममा ४८ लाख ९७ हजार जनाले सहभागिता जनाएका छन् । जुन कुल जनसंख्याको १६ प्रतिशत हुन आउँछ ।


क्लिकमान्डु