प्राइम बैंकको लाभांश पारित, सर्वसाधारण सेयरधनीबाट गजेन्द्र बिष्ट सञ्चालकमा निर्विरोध



काठमाडौं । प्राइम बैंकको साधारणसभाले लाभांश पारित गरेको छ ।

बैंकले सेयरधनीलाई १६ प्रतिशत सेयर र त्यसको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने छ ।

यस्तै बैंकको साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा गजेन्द्र बिष्टलाई पुन निर्वाचित गरेको छ । बिष्ट निर्विरोध सञ्चालकमा चुनिएका हुन् ।


क्लिकमान्डु