८० वर्ष उमेरसम्म बीमाङ्कको ९%का दरले प्रतिफल दिने नेशनल लाइफको नयाँ बीमा पोलीसी



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुइदिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको छ ।

कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले ‘सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८’ प्रदान गरिन् ।

उक्त कार्यक्रममा देशभरबाट आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएका थिए ।

यसैगरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्नबहादुर खत्री द्वितिय र टिकाप्रसाद खरेल तृतिय भए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रममा स्वागत भाषण गर्दै कम्पनीले अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष एवं चियरपर्सन क्लब सम्मान कार्यक्रमका सभापति प्रेमा राज्यलक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशैभरी रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने विचार व्यक्त गरिन् । उनले कम्पनीको हालसम्मको समग्र वित्तिय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यवसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मकरुपमा सबल रही रहने जानकारी दिइन् ।

साथै अध्यक्ष सिंहले एक नयाँ बीमालेख जीवन ‘श्री सावधिक अमृत बीमा योजना’को शुभारम्भसमेत गरिन् । उक्त नयाँ बीमा योजनावाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्तीपछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलबध हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।

कार्यक्रममा विजयी अभिकर्ता लिडरहरुबाट आफ्ना व्यवसायिक अनुभवहरु सुनाउँदै कम्पनीको व्यवसायिक उचाई अझ नयाँ ठाँउमा पु¥याउने प्रतिबद्धता व्यक्त भएका थिए । उपस्थित लिडरहरुको कार्यक्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ मुम्बई, इन्डिया स्थित सुप्रसिद्ध प्रशिक्षक विजयकुमार झाले उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए ।


क्लिकमान्डु