नेशनल लाइफले ल्यायो नयाँ बीमा पोलिसी, यस्ता छन् विशेषता



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जीवन श्री सावधिक अमृत बीमालेख नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ ।

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरिन् ।

बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफु प्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमालेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने सँगसँगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।

आफ्नो आय श्रोत अनुसार ५० हजार रुपैयाँदेखि माथि सम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एकमुष्ठ बीमाङ्क र वोनस प्राप्त हुनेछ ।

यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको ब्यवस्थापनमा योगदान पुग्ने छ । नाफामा सहभागि हुने यस बीमालेखवाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुनेछ ।

जोखिम वहन पनि हुने र बचत पनि हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु