नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जित्ने पक्का



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले जित्ने पक्का देखिएको छ ।

नेपाली कांग्रेस महामन्त्रीमा अहिलेसम्म ४ हजार ९० मत गनिएको छ । जसमा गगन थापाले सबैभन्दा बढी २६४४ मत ल्याएका छन् । विश्वप्रकाश शर्माले १६८५ मत ल्याएका छन् ।
प्रकाश शरण महत १३५७ प्रदिप पौडेल १२१७ मिनेन्द्र रिजाल ७०६ राजाराम कार्की ९२ मत छ । महामन्त्रीमा निर्वाचित हुन लागेका थापा शेखर कोइराला प्यानलबाट र शर्मा प्रकाशमानसिंह प्यानलबाट चुनाव लडेका थिए ।

शर्मा देउवा प्यानलमा भएपनि देउवाले महत र सिटौला प्यानलमा रहेका पौडेललाई महामन्त्रीको टिकट दिएपछि प्यानल परिवर्तन गरेका थिए ।


क्लिकमान्डु