रेमिट्यान्स ७.५ प्रतिशतले घट्यो



काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको रेमिट्यान्स कात्तिक महिनामा ७.५ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक महिनाका मुलुकका वित्तीय विवरणअनुसार रेमिट्यानस ७.५ प्रतिशतले घटेर ३१२ अर्ब ४२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आव्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशलते बढेको थियो ।


क्लिकमान्डु