राजनीतिक परिवर्तनको कारण पुँजीगत खर्च भएन: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक परिवर्तनको कारणले पुँजीगत खर्च नभएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो गरेको नव उत्थान सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अहिले अर्थतन्त्रमा मुख्य समस्या नै पुँजीगत खर्च गर्न नसक्नु भएको बताए ।

‘सरकार परिवर्तन भयो, प्रतिस्थापन विधेयक आयो, यो कार्यान्वयन गर्दा नै तीन महिना बित्यो,’ उनले भने । अर्थमन्त्री शर्माले माघदेखि पुँजीगत खर्च बढ्ने बताए । तरलता अभाव हटाउन सरकारले के गर्दा ठिक हुन्छ त्यसको सुझाव दिन अर्थमन्त्री शर्माले व्यवसायीलाई आग्रह गरे ।

उनले तरलताको अभावले ब्याज बढ्ने सम्भावना रहेको भन्दै त्यसलाई कठाइ गर्ने कि बजारलाई छाड्ने भन्नेमा निजी क्षेत्रलाई सुझाव दिन अनुरोध गरे ।


क्लिकमान्डु