कांग्रेस सभापतिमा देउवा विजयी



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् ।

उनले शेखर कोइरालालाई दोस्रो चरण गएको चुनावबाट पराजित गरेका हुन् ।

कांग्रेसको अहिलेको कार्यसमितिको सभापति रहेका हुन् ।

पहिलो चरणमा निर्वाचन जित्नको लागि आवश्यक मत नआएपछि दोस्रो चरणमा निर्वाचन भएको हो ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

पहिलो चरणमा पहिलो हुने शेरबहादुर देउवा र दोस्रो डा शेखर कोइरालाबीच दोस्रो चरणमा निर्वाचन भएको हो । तर,पहिलो चरणमा तेस्रो हुने प्रकाशमान सिंह चौथो हुने बिमलेन्द्र निधि र अन्तिम हुने कल्याण गुरुङले देउवालाई समर्थन गरेपछि देउवाले निर्वाचन जित्ने निश्चित जस्तै देखिएको छ । 

अन्य पदाधिकारीको बिहीबारदेखि मतगणना हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।


क्लिकमान्डु