कांग्रेस सभापति अपडेट : शेखर कोइरालाले कटाए १ हजार मत, देउवा अगाडि



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा शेरबहादुर देउवा अगाडि छन् ।

अहिलेसम्म २७ सय ७७ मत गनिएको छ । जसमा शेरबहादुर देउवाले १३१८ मत,शेखर कोइरालाले १०२३ मत,प्रकाशमान सिंहले २०५,बिमलेन्द्र निधिले १६६ मत र कल्याण गुरुङले १२ मत ल्याएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।


क्लिकमान्डु