२ हजार ६ मत गन्दा देउवालाई ९५८ मत



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा अहिलेसम्म २ हजार ६ मत गनिएको छ ।

जसमा शेरबहादुर देउवाले ९५८,शेखर कोइरालाले ७२६,प्रकाशमान सिंहले १७१ र बिमलेन्द्र निधिले ११७ मत ल्याएका छन् ।

कल्याण गुरुङले ७ मत ल्याएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।


क्लिकमान्डु