प्रारम्भिक नतिजाले कांग्रेस सभापति चयनको लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने संकेत



काठमाडौं । नेपाली कांग्रेसको सभापतिको लागि अहिले मतगणना जारी छ । अहिलेसम्म ६ सय गणना भएको छ ।

६ सय मतको नतिजाले सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने संकेत दिएको छ । ६ मत गन्दा शेरबहादुर देउवा अगाडि छन् । देउवाले २८८,शेखर कोइरालाले २१२,प्रकाशमान सिंहले ४२ र बिमलेन्द्र निधीले ३९ मत ल्याएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।


क्लिकमान्डु