नेपाली कांग्रेस सभापति पदमा देउवा अगाडि



काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि सोमबार भएको मतदानको मतगणना मंगलबार बिहानदेखि सुरु भएको छ ।

प्रारम्भिक मतगणनामा देउवा अगाडि देखिएका छन् ।

२५० मत गन्दा देउवा १३२ मतका साथ अगाडि छन् ।

यस्तै शेखर कोइराला ८१,प्रकाशमान २२,निधि १२ र कल्याणको १ मत छ । केही घण्टाभित्रत्रमा मतपरिणाम आउने छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।


क्लिकमान्डु