राजस्व छल्ने ६ जनालाई साढे २७ करोड माग दाबी गर्दै मुद्दा दर्ता



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छल्ने ६ जनालाई राजस्व चुहावटसम्बन्धी मुद्दामा मुद्दा दायर गरिएको छ ।

विभागका अनुसार ६ जनालाई २७ करोड ४२ लाख २४ हजार ४५० रुपैयाँको माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

विभागका अनुसार सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङ्पाल गाउँपालिका-८ का सोमिया इन्टरप्राइजेजका प्रोपराइटर लेक बहादुर भुजेललाई २३ करोड ९४ लाख १ हजार ८७२ रुपैयाँ सजायको मागदाबी गरिएको छ ।

भुजेलले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ ।

यस्तै धादिङ जिल्ल ज्वालामुखी गाउँपालिका-३ का अर्जुनप्रसाद थपलियाले सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै १ करोड ८७ लाख ४७ हजार २ सय रुपैयाँ सजायको माग दाबी गर्दै उच्च अदालत, पाटनमा मुद्दा दायर भएको छ ।

विभागका अनुसार भद्रपुर भन्सार कार्यालय, झापाका भन्सार अधिकृत झापा जिल्ला भद्रपुर नगरपालिका–७ का प्रमोद पौडेल समेत सहित ४ जना विरुद्ध १ करोड ६० लाख ७५ हजार ३७८ रुपैयाँ विगो दाबी गर्दै मुद्दा उच्च अदालत विराटनगरमा मुद्धा दायर गरिएइको छ ।

भन्सार अधिकृत प्रमोद पौडेल, नासु नानुका पोखरेल (आचार्य), नासु लक्ष्मी विश्‍वकर्मा र नासु किशोर आचार्यले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।


क्लिकमान्डु