बिहीबार र शुक्रबार राजधानीमा छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै



काठमाडौं । बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला हुने भएको छ ।

‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ युनिभर्सल थट कन्सल्ट (यूटीसी) ले पुस १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मेला आयोजना गर्दै छ ।

शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकाले जनाएको छ ।

छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्धसैनीले बताए ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका तीन वटा, काठमाडौं विश्वविद्यालयका दुई वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविद्यालयका कलेज, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहनेछ ।

१५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने यस मेलामा जम्मा ५१ वटा स्टलहरु रहने युटीसीका एडमिनिसट्रेटिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले बताए ।

यस वर्षको युनिभर्सल थट कन्सल्टद्वारा आयोजित छैठौं नेपाल व्यवस्थापन तथा आईटी शैक्षिक मेला २०७८ को टाइटल स्पोन्सर प्रेसिडेन्टल बिजनेश स्कुल कलेज रहेको छ भने मुख्य स्पोन्सरमा आइआइएमएस कलेज, इन एसोसिएसन विथमा ट्रिनिटी कलेज र किष्ट कलेज साथै मिड भ्याली कलेज, माल्पी कलेज, मेदाभी कलेज, एआइटीएम कलेज, केआइसी कलेज पावर वाइमा तथा मेलाको इभेण्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल रहेको छ ।


क्लिकमान्डु