गगन थापाले ल्याए ‘समुन्नत नेपालः सम्मानित नेपाली’ अवधारणा



नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीको आगामी कार्यदिशा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ हुने बताएका छन् ।

नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे ।

बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच आफ्ना अवधारणा–पत्र सार्वजनिक गर्दै उनले चुनाव आफैं जित्ने जनताको रोजाईको कांग्रेस बनाउने योजनाको लागि अगाडि बढेको बताए ।

‘अव चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैं जितिन्छ । आफैं आउँछन मतदाता । लाईन लागेर आउँछन । कांग्रेसलाई छान्न आउछन, रोज्न आउँछन । कांग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो । त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । हाम्रो कार्यक्रमले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो,’ थापाले भने ।

नेता थापाले आफू महामन्त्री भए कांग्रेसलार्ई देख्न, सुन्न र बुझ्न सक्ने पार्टीको रुपमा स्थापित गराउने बताए ।

‘मैले महामन्त्रीको रुपमा २०७८ सालदेखि ८२ साल मैले तपाईहरुको मायाले महामन्त्री हुने अवसर पाएभने मेरो गन्ती त्यहीबाट सुरु हुन्छ । ठिक ४ वर्षपछि अहिलेको जस्तो साँढे चार/पाँच, साँढे पाँच, तन्काउ निर्वाचन आयोग भनेर होइन । ठिक चार वर्षपछि अधिवेशन हुन्छ,’थापाले भने ।

थापाले अहिलेसम्म आफ्नो सभापति थाह नभएको बताए ।

नेता थापाले चुनौतिपूर्ण रुपमा देखा पर्दै गएको डेमोक्रेसीको संरक्षणको प्रत्याभूति कांग्रेसले दिनुपर्ने बताए ।


क्लिकमान्डु