निमोनियाको निःशुल्क खोपसहित २७ औँ महानगर दिवस मनाउने



काठमाडौँ । सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित मंसिर २७ देखि २९ गतेसम्म २७ र्औँ महानगर दिवस मनाइने भएको छ ।

सोमबार महानगरका प्रमुख एवं २७ औँ महानगर दिवस मुल समारोह समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठले यस्तो निर्णय गरेको हो ।

यस अवसरमा ४० वटा वुथबाट सर्वेक्षण गरिनेछ । यसमा सहभागी हुनेहरुलाई निःशुल्क १० वटा मास्क दिइनेछ । यसैगरी १० वटा वुथबाट कोरोना विरुद्धको खोप सञ्चालन गरिनेछ । त्यसैगरी विद्यालय स्तरमा ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुनेछ ।


क्लिकमान्डु