एचआईडीसीएलको बुक क्लोज कहिले ?



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को आगामी साधारणसभाको लागि बुक क्लोजको मिति तय भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २२ गते हुने १० औं बार्षिक साधारणसभाको लागि ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । ४ गतेसम्म कायम रहेका लगानीकर्ताले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र कर प्रयोजनको लागि ०.४२ नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभामा लगिने छ । यस्तै यो प्रस्ताव सरकारले स्वीकृत गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।


क्लिकमान्डु