एनएमबि बैंकमा भिडियो कल गरेर बैंक खाता खोल्न सकिने



काठमाडौं । एनएमबि बैंकमा भिडियो कल गरेर ५ मिनेटमा खाता खोल्न सकिने भएको छ ।

। बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैकले अपार सम्भावना देखेर सेवा सुरु गरेको बताए ।

बैंकले एआईमा आधारित भिडियो केवाईसी भन्दै भिडियो कलबाट ५ मिनेटमै आफ्ने बैंक खाता खोल्न सकिने जनाएको छ ।

‘भिडियो कलबाट ५ मिनेटमै देश वा विदेशबाट खाता खोली कारोबार गर्न सकिने छ,’ उसले विज्ञप्तीमा भनेको छ, ‘यो नेपाल बैंक जगतमै पहिलो डिजिटलरुपमा खाता खोल्ने बैंक बनेको छ ।’

उसका अनुसार ग्राहकले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर केवाईसी विवरण अपडेट गर्न सक्ने जनाएको छ ।

‘एनएमबीले ग्राहकहरुको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दै छ । हाम्रा ग्राहकहरुले घरमै बसेर बैकिङ कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र काजगविहीन बैंकिङ सेवा प्रदान गर्नेछौं,’ बैंकको विज्ञप्तिमा भनिएको छ ।

बैंकले प्रविधिमा लगानि बढाएको र आगामी दिनमा यस्ता सेवा प्रभावकारी रुपमा अघि बढाउने बताए । बैंकमा तरलता अभाव रहेको र यसको समस्या समाधान गर्न प्रणालि लागिपरेको सीइओ केसीले बताए ।

‘यो वर्ष १९ खर्बको हाराहारिमा आयात हुने, बिप्रेषण घटेको कारण प्रणालिमा चुनौति बढेको छ, सरकारले खर्च गरेर, डिपोजिट गरेर मात्रै समसेया समाधान नहुने र यो समस्या समाधान गर्न वैदिशिक ऋण ल्याउनुपर्छ,’ उनले भने ।

उनले बिप्रेषण घटने र वैदेशिक रोजगारिमा जानेको संख्या बढेको धारणा राखे । रेमिटान्सलाई औपचारिक बाटोबाट ल्याउन पहल आवश्यक रहेको बताए । यसले तरलता अभाव न्युन गर्न सहज हुने दाबि गरे ।

विदेशमा रहेका नेपालीले खाता खोलेर पैसा बैकिङ प्रणालिबाट पठाउन सक्ने बताए । यसले पैसा अनौपचारिक बाटोबाट आउन रोकिने उनको दाबि छ । बैंकको ब्रान्ड एम्बेस्डर औपचारिक घोषणा तथा भीकेवाईसी सेवा सन्चालन पत्रकार सम्मेलनमा सीइओ केसीलेले यस्तो दाबी गरेका हुन्छ । बैंकले ब्रान्ड एम्बेस्डरमा कलाकार पल शाहलाई नियुक्त गरेको छ ।


क्लिकमान्डु