मौद्रिक नीतिको समिक्षा अगाडि अर्थमन्त्री र गभर्नरबीच छलफल



काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा अगाडि अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच डेढघण्टा छलफल भएको छ ।

अर्थमन्त्री शर्माले आइतबार गभर्नर अधिकारीलाई छलफलको लागि अर्थमन्त्रालयल बोलाएर छलफल गरेका हुन् ।

अर्थमन्त्री शर्माले बैंकमा ऋण दिन पैसा सकिएपछि शुक्रबार २७ वटा वाणिज्य बैंकका सीइओसँग छलफल गरेका थिए ।
नेपाल राष्ट्र बैंकले मंसिर पहिलो साता मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै छ ।

राष्ट्र बैंकले ल्याएको सीडी रेसियोको नीतिले बैंकहरुमा ऋण दिने पैसा सकिएको छ । यस्तै सेयर बजारका लगानीकर्ताले ४ र १२ करोडको नीति परिवर्तन हुनुपर्ने माग गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार सचिन रोक्काले अर्थमन्त्री र गभर्नरबीच नियमित छलफल अन्तर्गत आइतबार भेट भएको बताए ।


क्लिकमान्डु