सेयर बजारमा सामान्य गिरावट, सम्हालिन खोजेको हो त ?



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । कारोबार रकम भने घटेको छ । निकै उचार चढावकाबीच बजारमा सामान्य करेक्सन देखिएको छ ।

केही समय यता बजारमा हुने गरेको भारी गिरावट आइतबार भने रोकिएको छ । यसले बजार केही सम्हालिने प्रयास गरेको हो की भन्ने पनि देखिएको छ । तर कारोबार रकम भने न्यून देखिएको छ । बजार मापन गर्ने सूचक १.३८ अंकले घटेर परिसूचक २६८८.९२ बिन्दुमा रोकिएको छ ।

२३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको सेयर किबेच भएको छ । कारोबारमा बोटलर्स नेपाल (तराई), मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यो दिन कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकको २७ करोड ३९ लाख ९३ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु