भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर



काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएका छन् ।

संघको ३४ औं साधारणसभा तथा अधिवेशनबाट मानन्धर अध्यक्ष चयन भएका हुन् । निवर्तनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने संघको प्राबधान अनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मानन्धर स्वतः अध्यक्ष चयन भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैयाँं धौबन्जा निर्वाचित भएकी छिन् भने उनका प्रतिस्पर्धी महेश धौबन्जालाई पराजित भएका छन् ।
संघको उपाध्यक्ष (साधारण) तर्फ कृष्णमुरारी न्यौपाने निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी राजन श्रेष्ठलाई पराजित गरी न्यौपाने साधारणतर्फको उपाध्यक्ष निर्वाचित भएकी हुन् । अन्य सबै पदमा सर्वसम्मत चुनिएका हुन् ।

यसअघि उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एसोसियट) तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानांग सर्वसम्मत भएका छन् ।

साथै सदस्यहरुतर्फ अमरबहादुर मानन्धर, श्रृषिकेश श्रेष्ठ, गोकर्ण न्यौपाने, गौतम सुजखू, नविन प्रजापति, नरेश सुकुपायो, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानाबासु (राजु) र रुकेश रञ्जित सर्वसम्मत रुपमा चुनिएका थिए ।

साथै सदस्य (वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, सदस्यहरु (एसोसियट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ्ग लामा सर्वसम्मत रुपमा चुनिएका छन् । कार्यसमिति सदस्य (महिला) तर्फबाट पनि आस्था शाख र श्रीया बल्ल सर्वसम्मत रुपमा चुनिएका छन् ।


क्लिकमान्डु