हिमालयन डिष्टिलरीको नाफा १२.७० % ले बढ्यो



काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २१ करोड १२ लाख ८१ हजार ८४६ रुपैयाँ नाफा र्आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिमा १२.७० प्रतिशलते बढेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १८ करोड ७४ लाख ६८ हजार ६७९ रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीले आफ्नो उत्पादन बिक्री गरेर १ अर्ब २३ करोड १० लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिको ९६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको ४४ करोड ६८ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३७ करोड ८७ लाख ७८ हजार ९८३ रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन नाफा पनि २६ करोड ४८ लाख ११ हजार रुपैयाँबाट बढेर २९ करोड ६५ लाख २७ हजार रुपैयाँ रहेको छ ।

८६ करोड ७७ लाख २ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३४ करोड ८१ लाख ७४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९७ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ३७ पैसा रहेको छ ।


क्लिकमान्डु