नयाँ प्याकेजिङसहितको खुकुरी रम सार्वजनिक



काठमाडौं । मदिराप्रेमीमाझ लोकप्रिय र अग्रणाी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ ।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी काठमाण्डौमा कात्तिक २६ गते शुक्रबार एक विशेष समारोहका बीच नयाँ डिजाइनसहितको नयाँ प्याक सार्वजनिक गरिएको हो ।

खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उतारेको हो ।

लण्डनको विश्वबिख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले कार्यक्रममा उपस्थित सबैको ध्यान तानेको देखिएको थियो ।

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्च समेत गरेको कम्पनीको भनाइ छ । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरुबाट आएका प्रतिक्रियाहरुलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरु झल्किने गरी विशेषताहरु समावेश गरिएका हुन् ।

प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएकोमा कम्पनीको भनाइ छ ।

बीस वर्षदेखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् ।

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो ।

खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले व्यक्त गरेका छन् ।

खुकुरी रम नेपाली गौरवको प्रतिनिधित्व गर्दै नेपालबाट देशविदेशमा गिफ्टको रुपमा सबैभन्दा धेरै लगिने वस्तु पनि हो ।

उनकाअनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको उल्लेख गर्दै गरे ।


क्लिकमान्डु