आगामी पुस १ गतेबाट कोरिया भाषाको परीक्षा हुने, फाराम वितरण मंसिर ६ देखि



काठमाडौं । दक्षिण कोरियाको बैदेशिक रोजगारीमा जानको लागि दिनुपर्ने भाषा परीक्षा पुस १ देखि हुने भएको छ ।

कोरोना महामारीको कारण दक्षिण बैदेशिक रोजगारीमा कोरिया जानको लागि दिनुपर्ने भाषा परीक्षा रोकिएको हो । इपिएस कोरिया शाखाले सूचना जारी गर्दै पुस १ देखि ७ गतेसम्म परीक्षा हुने जनाएका ेछ ।

शाखाले आगामी मंसिर ६ गतेदेखि ८ गतेसम्म फाराम वितरण गर्ने भएको छ । जसमा उक्त फाराम भरेपछि परीक्षाको घोषणा मंसिर २४ गते गर्ने सुचनामा उल्लेख छ । साथै, जनवरीमा भने नतिजा प्रकाशन गर्ने शाखाले जनाएको छ । यो वर्ष कोरोना महामारीले गर्दा कम्प्यूटरमा आधारित परीक्षा हुने भएको हो ।
नेपालले सन् २०२२ को लागि परीक्षा गर्ने भएको हो । नेपालले सन् २००७ सालमा कामदार लैजाने सम्झौता भएसँगै सन् २००८ बाट भाषा परीक्षा सञ्चालन गरी कोरिया रोजगारी जाने गर्दै आएका छन् ।

तर, कोभिड २०१९ देखि भाषा परीक्षा सञ्चालन हुन सकेको छैन । २०२० का लागि सो वर्ष ९२ हजारले आवेदन दिएका थिए । उक्त आवेदन दिएकामध्ये करिब ७ हजारले उत्तीर्ण गरेका थिए ।


क्लिकमान्डु