हिमालयन बैंक र एनसीएचएलबीच नेपाल पे क्यूआर सुविधा सम्बन्धी सम्झौता



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई पहिलो चरणमा नेपाल पे क्यूआर सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंकमा हिमालयन बैंक समेत भएको छ ।

नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाइ विभिन्न बैंकिङ कारोबार गर्न सकिने विश्वास बैंकको विश्वास छ ।

ग्राहकहरुले नेपाल पे क्यूआर उपलब्ध भई सञ्चालनमा ल्याउने सबै मर्चेन्टबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्यूआरमार्फत् डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

साथै, बैंकले नेशनल पेमेन्ट स्वीचमार्फत् एनसीएचएलले अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउँदै जानेछ ।


क्लिकमान्डु