माछापुच्छ्रेका सीइओ कोइरालाले बुझे १ करोड २८ लाख तलब



काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई गत आर्थिक वर्षमा १ करोड २८ लाख रुपैयाँ तलब दिएको छ ।

बैंकको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा बैंकले सीइओ कोइरालालाई १ करोड २८ लाख ६१ हजार तलब भत्ता दिएको हो । यसबाहेक कोइरालाले नियम अनुसार बोनस समेत पाउने गर्छन् ।

यसरी पाएको तलबमा करिब ३६ प्रतिशत कर भने सीइओ कोइरालाले तिर्नुपर्छ ।

बैंकले सीइओ बाहेक उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीको तलब सुविधामा १३ करोड ४३ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकले सञ्चालक समितिको अध्यक्षलाई प्रति बैठक १५ हजार तथा सञ्चालकलाई १२ हजार भत्ता उपलब्ध गराएको छ । यस्तै प्रति महिना मोबाइल,पत्रिका तथा इन्टरनेट खर्च वापत १० हजार रुपैयाँ उपलब्ध गराउने गर्छ ।

गत आर्थिक वर्षमा बैंकका सञ्चालकले बैठक भत्ता वापत ३२१ लाख ७३ हजार रुपैयाँ बुझेका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिन लागेको छ । जसमा १३.३ प्रतिशत बोनस सेयर तथा ०.७ प्रतिशत नगद लाभांश रहेको छ ।


क्लिकमान्डु