वोमी लघुवित्तको लाभांश घोषणा




काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोबार समेत भएकोले आयकर ऐन बमोजिम बोसन सेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने जनाएको छ ।

संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु