सांग्रिला डेभलपमेन्ट बैंकको १०२औं शाखा मणिग्राममा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ ।
बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको हो ।

मणिग्राम शाखा कार्यालय सञ्चालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।


क्लिकमान्डु