कात्तिकयता बैंकिङ प्रणालीबाट ३१ अर्ब बाहिरियो



काठमाडौं । केही समययता वाणिज्य बैंकबाट निक्षेप बाहिरिने क्रम निकै बढेको छ । कात्तिक शुरु भएयता बैंकिङ प्रणालीबाट ३१ अर्ब रुपैयाँ बाहिरिएको हो ।

बैंकर्स संघका अनुसार १७ दिनको अवधिमा बैंकबाट ३१ अर्ब रुपैयाँ बाहिरिएको छ ।

संघका अनुसार असोज ३१ गतेसम्म बैंकहरुले ४२ खर्ब ६९ अर्ब निक्षेप संकलन गरेकोमा कात्तिक १७ गतेसम्म आइपुग्दा ३१ अर्ब रुपैयाँले घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित भएको छ ।

कात्तिक ५ गतेसम्म आइपुग्दा निक्षेप २० अर्ब, १२ गतेसम्म आइपुग्दा २ अर्ब रुपैयाँ र १७ गतेसम्म आइगुग्दा ९ अर्ब रुपैयाँले निक्षेप संकलन घटेर ४२ खर्ब ३८ रुपैयाँ रुपैयाँमा सीमित भएको छ ।

यस्तै बैंकमा कर्जाको माग भने निकै बढेको छ । १७ दिनको अवधिमा २७ अर्ब रुपैयाँले बढेको छ । असोज ३१ गते ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको कर्जाको माग १७ दिनको अवधिमा १७ अर्ब रुपैयाँले बढेर ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग जनु रुपमा बढेको छ, सोही अनुपातमा निक्षेप संकलन पनि घट्दै गएको छ । पछिल्लो एक साताको अवधिमा बैंकमा कर्जाको माग ७ अर्ब रुपैयाँले बढेको छ ।

बैंकमा निक्षेप संकलन घट्ने र कर्जाको माग उच्च हुँदा बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको बैंकर्सहरुको भनाई छ । यसले पनि मंसिर महिनामा बैंकको ब्याजदर बढ्ने आंकलन सुरु भएको छ ।


क्लिकमान्डु