वायुसेवा निगमले गर्‍याे विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीसँग द्विपक्षीय सम्झौता



काठमाडौं । नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा सम्झौता भएको हो ।

यसका साथै अमेरिकाका विभिन्न सहरमा यसप्रकारको सम्झौताबाट यात्रुहरुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवाहरुसँग समन्वय गरिरहेको समेत निगमले जानकारी दिएको छ ।

सम्झौताबाट एकअर्का वायुसेवाका सेक्टरमा यात्रुहरुलाई सेवा प्रदान गर्न सहज हुनेछ ।

निगमले हालै सम्पन्न गरेका सम्झौताहरुबाट यूरोपका विभिन्न शहरहरु, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र वहराइनमा यस प्रकारको सेवा प्रदान गर्न सकिनेछ ।

सकेसम्म कम ट्रान्जिट टाइम प्रयोग गरी गरिएको सम्झौतामार्फत् यात्रुलाई थप सहजता हुने र निगमलाई थप आयआर्जन हुनका साथै अन्तर्राष्ट्रिय बजारमा निगमको शाख अभिवृद्धि दाबी गरिएको छ ।

निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीमार्फत् यसप्रकारका टिकट सहजै प्राप्त गर्न सकिने निगमले जानकारी दिएको छ ।

निगमले गरेको एसपीए सम्झौता अन्र्तगतका वायुसेवा कम्पनी र गन्तव्यहरु


क्लिकमान्डु