लोकसेवा आयोगले खुलायो करिब साढे ४ सय पदमा जागिर



काठमाडौं । लोकसेवा आयोगले करिब साढे ४ सय पदमा जागिर खुलाएको छ ।

आयोगले बुधबार सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका आठौ र सातौ तहता पदमा जागिर खुलाएको हो ।

यी पदका लागि लिखित र मौखिक रुपमा परीक्षा लिइनेछ । इच्छुक आवेदकले अनलाइनबाट आवेदन भर्न सक्नेछन् ।

आवेदन दिने अन्तिम मिति मंसिर १४ गते र दोब्बर दस्तुर तिरेर मंसिर २१ गतेसम्म रहेको छ । सूचना आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।


क्लिकमान्डु